‘खल्तीमा मेरो शेयर, डिम्याट, एस.आई. पी भुक्तानीसँगै ब्रोकर पेमेन्ट र कोलेटरल पनि लोड गर्न सकिने

काठमाडौं । ‘‘खल्ती’ ले पुँजी बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेयर , डिम्याट, एस.आई. पी, को भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप खल्तीले नेप्से सँगको सहकार्यमा खल्ती छनोट गरि टि एम एस अकाउन्टमा कोलेटरल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध गराएको छ ।

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधा मार्फत शेर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५+ ब्रोकर अकाउन्टमा कोलेटरल टि. एम. एस मार्फत खल्ती प्रयोग गरि कोलेटरल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिनेछ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , “ पुँजी बजारमा सक्रिय सहभागिताको प्रवर्धन गर्ने उद्देश्यका साथ हामीले आफ्ना प्रयोगकर्तालाई मेरो शेर , डिम्याटका साथै सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान , (एस.आई. पी), भुक्तानी सेवा उपलब्ध गराउँदै आईरहेका छौँ,जस अन्तर्गत बार्षिक लाखौँ प्रयोगकर्ताले खल्ती मार्फत यो सेवा उपभोग गरिरहेका छन्। हाम्रो सुविधा उपलब्ध भए सँगै थुप्रै साना तथा मझौला शेर लगानीकर्ता लाभान्वित हुने कुरामा हामी विश्वस्त छौँ साथै आगामी दिनमा थप संस्थासँग सहकार्य गर्दै हाम्रो सुबिधा विस्तार गर्ने उदेश्यका साथ निरन्तर रूपमा अघि बढिरहेका छौँ ।”

You might also like

Comments are closed.