नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ग्राहकलाई डिजिटल वालेट खल्तीले ल्यायो नयाँ अफर

काठमाडौं ।   नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ग्राहकलाई डिजिटल वालेट खल्तीले नयाँ अफर ल्याएको छ । यसअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता लिंक गर्दा प्रयोगकर्ताले तत्काल १ सय रुपैयाँ बोनस पाउनेछन् ।

साथै, एक पटक खल्तीमा बैंक लिंक भएपछि प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी तथा इभेन्ट टिकट, बैंक खातामा रकम ट्रान्सफर गर्नेजस्ता अन्य धेरै भुक्तानी आफ्नो लिकं गरिएको बैंक खाताबाट गर्नसक्ने छन्

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकृतपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नामबाट एकीकृत कारोबार सुरु भएको छ । ​योसँगै ग्राहकका लागि खल्तीले नयाँ अफर ल्याएको हो ।साथै, प्रयोगकर्तामध्ये चार भाग्यशाली विजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्स्क्रिप्शन र बम्परमा स्मार्टफोन जित्ने मौका पाउने छन् ।

खल्ती प्रोको एक वर्षको सब्सक्रिप्सन प्राप्त भएपछि प्रयोगकर्ताले निःशुल्क बैंक ट्रान्सफर, आफ्नो मोबाइल नम्बर टपअपमा दुई प्रतिशत, सिनेमा टिकटमा एक हजार रुपैयाँसम्मको बचत, ब्लुबुक नवीकरण सुविधामा १ सयको क्याशब्याकजस्ता सुविधा पाउने बताइएको छ ।

 

 

 

You might also like

Comments are closed.