काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चरम सीमामा पुगेको छ । यही उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ” नामक आकर्षक अभियान सार्वजनिक गरेको छ ।
यस अभियानमार्फत खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोरिने गरी प्रत्यक्ष रूपमा रंगशालामा बसेर टी–२० विश्वकप खेल हेर्ने अवसर प्रदान गर्नेछ । नेपाली क्रिकेट टोलीको गौरवशाली यात्रालाई उत्सवका रूपमा मनाउन ल्याइएको यो अभियान क्रिकेट प्रशंसकहरूको सपना साकार पार्ने उद्देश्यमा केन्द्रित रहेको खल्तीले जनाएको छ ।
यस अभियानलाई अझ रमाइलो र सहभागितामूलक बनाउन खल्तीले ‘गेमिफाइड’ प्रणाली अपनाएको छ । प्रयोगकर्ताहरूले खल्ती एपमार्फत मान्य कारोबार गर्दा डिजिटल ‘स्क्र्याच कार्ड’ प्राप्त गर्नेछन् । प्रत्येक स्क्र्याच कार्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये एक जनाको कार्ड रहनेछ ।
बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक (युनिक) खेलाडीका कार्ड संकलन गरी पूर्ण सेट तयार गर्नुपर्नेछ । यसरी प्रयोगकर्ताले कारोबारसँगै आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्ने अवसर पाउनेछन् ।
अभियान अन्तर्गत अन्तिम बम्पर पुरस्कार मात्र नभई, कार्ड संकलनको हरेक चरणमा प्रयोगकर्ताले विभिन्न पुरस्कार जित्न सक्नेछन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले निश्चित प्रोमोकोड प्राप्त गर्नेछन् । त्यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट हरेक १४ दिनमा एक जना भाग्यशाली विजेताले HONOR X9d स्मार्टफोन जित्ने अवसर पाउनेछन् ।
११ वटै खेलाडीका कार्ड सफलतापूर्वक संकलन गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँबाट एक भाग्यशाली जोडीले विश्वकपको पूर्ण प्रायोजित यात्रा जित्नेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपाली क्रिकेट टोलीको उपलब्धि सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताउँदै भने, “टी–२० विश्वकपमा नेपालको छनोट सबै नेपालीका लागि ऐतिहासिक क्षण हो । ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियानमार्फत हामी केवल अफर मात्र होइन, प्रयोगकर्तालाई यो गौरवशाली यात्राको प्रत्यक्ष साक्षी बन्ने अवसर दिन चाहन्छौं । हाम्रा भाग्यशाली प्रयोगकर्तालाई रंगशालामै पुर्याएर राइनोजले इतिहास रचिरहेको क्षण देख्न पाउँदा हामी अत्यन्त उत्साहित छौं ।”
यो अभियान २०८२ साल कात्तिक १३ गतेदेखि मंसिर ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताहरूले युटिलिटी बिल भुक्तानी, मोबाइल टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।




Comments are closed.