कियाको सोनेटमा ग्राहकको आकर्षण

पोखरा । कियाको बहुप्रतिक्षित सबकम्प्याक्ट एसयुभी ‘सोनेट’ मा ग्राहकको आकर्षण देखिएको छ । देशभरको बजारमा जस्तै किया सोनेटप्रति पोखरामा पनि आकर्षण देखिएको आधिकारिक बिक्रेता एस ओभरसिज शिवचोक पोखराका सञ्चालक विनय थापाले आर्थिक आवाजलाई जानकारी दिए ।

कियाको सोनेट ३५ लाख ९० हजार रुपैयाँबाट मूल्य सुरु छ । ५७ लाख ९० हजार रुपैयाँसम्मको मूल्यमा ४ वटा भेरियन्टमा नेपाली बजारमा सोनेट बिक्री भइरहेको छ ।

पोखरामा बिक्री सुरु भएको एक सातामै १५ वटा सोनेट बुकिङ भइसकेको थापाले जानकारी दिए । ‘एक सातामा ७ वटा सोनेट बिक्री भइसकेको छ,’ उनले भने, ‘ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं । हामी उत्साही भएका छौं ।’

सोनेट टेष्ट ड्राइभ गर्नेहरुको शोरुममा आकर्षण देखिएको थापाले बताए । नेपाली बजार सुहाउँदो तथा धेरै राम्रा फिचर्सहरुका कारण सोनेट ग्राहकको रोजाईमा पर्न सफल भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.