वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै केआइइसी

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्याथीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको केआइइसी प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको कम्पनीले १५ वर्ष पुरा भएर १६ वर्ष प्रवेशको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको हो ।

सेम्टेम्बर १५ देखि २१ (भदौ २९ देखि असोज ५)सम्म कम्पनीको प्रधान कार्यालयमा साता व्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाइने कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले आर्थिक आवाजलाई जानकारी दिए । कार्यालयमा विद्यार्थीहरुलाई स्वागत गर्ने, गिफ्ट ह्याम्पर प्रदान गर्ने, विद्यार्थी, सञ्चालक र कर्मचारीबीच अन्तरक्रिया तथा छलफल गर्ने, विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने रिजालले जानकारी दिए ।

अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई परामर्श, डकुमेन्टेसनमा सहयोग लगायतका सेवा केआइइसीले प्रदान गर्दै आइरहेको छ । सर्टिफाइड काउन्सिलरबाट परामर्श सेवा प्रदान गर्दै आइरहेको केआइइसीका अन्य शाखाहरु कंलकी, ललितपुर, पोखरा, बुटवल, चितवन, विगरगन्ज, बिराटनगर, इटहरी र बिर्तामोड छन् । अन्तर्राष्ट्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ ।

वार्षिकोत्सवको अवसरमा एक सातासम्ममा आफूलाई पायक पर्ने दिनमा केआइसीको कार्यालयमा उपस्थित भएर सेवा लिन तथा विदेशको अध्ययनका सन्दर्भमा आवश्यक सम्पूर्ण जानकारी लिनका लागि रिजालले विद्यार्थी तथा अभिभावकमा आग्रह गरेका छन् ।

You might also like

Comments are closed.