काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केसी ग्रुपका किरणको उम्मेदवारी

पोखरा । पोखराका युवा उद्यमी, सामाजिक व्यक्तित्व तथा राजनीतिज्ञ किरण केसीले नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालको प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक किरण केसीले कास्की क्षेत्र नं. २ बाट उक्त पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उनी केसी ग्रुपका संस्थापक सूर्यबहादुर केसीका छोरा हुन् ।

jutta mela

‘समृद्ध समाजका लागि क्रियाशीलता, आर्थिक विकासका लागि उद्यमशीलता’ नाराका साथ केसीले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

केसी कालिका बहुमुखी क्याम्पसका कार्यबहाक अध्यक्षसमेत हुन् ।

You might also like

Comments are closed.