कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा युवा उद्यमी किरण केसी निर्वाचित भएका छन् ।

क्याम्पस सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा उनी सर्वसम्मत निर्वाचित भएका हुन् । यस अगाडि उनी कार्यबहाक अध्यक्ष थिए ।

उनी केसी ग्रुपका कार्यकारी निर्देशक हुन् ।

अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् । क्याम्पसको शैक्षिक विकासमा आफूले सक्दो प्रयास गर्ने केसीले बताए ।

You might also like

Comments are closed.