नेपाली काँग्रेस महाधिवेशनः किरण केसीद्वारा युवा सोच र उद्यमी दृष्टिसहित केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसको ऐतिहासिक १५ औँ महाधिवेशनमा युवा नेता किरण केसीले केन्द्रीय सदस्य (खुल्ला) पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पार्टीलाई समयसापेक्ष, गतिशील र जनताको अपेक्षाअनुरूप सञ्चालन गर्नुपर्ने अठोटका साथ उहाँले चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन् ।

उनको उम्मेदवारी मुख्यतया युवा सोच, उद्यमी दृष्टि र समुन्नत काँग्रेस निर्माणको प्रमुख एजेन्डामा केन्द्रित रहेको छ । राजनीतिक निष्ठा र जनसेवालाई आफ्नो यात्राको मुख्य कडी मान्दै नेता केसीले पार्टीभित्र नीति निर्माण तहमा युवाहरूको सक्रिय सहभागिता, आर्थिक समृद्धि तथा स्वरोजगारसँग जोडिएका व्यावहारिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाधिवेशनमा सहभागी सम्पूर्ण आदरणीय अग्रज व्यक्तित्व, महाधिवेशन प्रतिनिधि तथा पार्टीका साथीलाई लक्षित गर्दै उनँले आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अनुरोध गरेका छन् । राजनीतिक निष्ठा र जनसेवाको यस अभियानमा सबैको अमूल्य साथ र समर्थनको अपेक्षा गरेका छन् ।

You might also like

Comments are closed.

Secret Link