वैदेशिक रोजगारीका नाममा हुने ठगी धन्दाको अन्त्य गरिन्छ : मन्त्री श्रेष्ठ

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताएका छन् । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गर्न लागिएको बताए ।

रिपोर्टर्स क्लब नेपाल, गण्डकी प्रदेशद्वारा सोमबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने बताए । बिचौलियालाई कानुनी कठघरामा उभ्याइने उनको भनाइ थियो ।

वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले बताए । श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको उनले बताए ।

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठले बताए । आगामी दिनमा सबै देशमा सम्झौता गरेर मात्रै नेपालबाट कामदार पठाइने उनको भनाइ थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.