समुन्नत र समृद्ध वडाका लागि यस्ता छन् अध्यक्ष उम्मेदवार बरालका प्रतिबद्धता

पोखरा । युवा नेता किशोर बरालले गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं. ७ मा एमालेको तर्फबाट वडा सदस्यमा लोकप्रिय मतसहित विजयी भएका थिए । वडा सदस्य निर्वाचित भएका उनी महानगरको न्यायिक समिति सदस्यसमेत रहेर काम गरे । उनले गरेको काम, दक्षता र क्षमतालाई मध्यनजर गर्दैै उनलाई आसन्न निर्वाचनका लागि पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनी यतिबेला वडा अध्यक्षको उम्मेदवारीसहित जनताको घरघरमा भोट भाग्न व्यस्त छन् । उनको नेतृत्वमा महिला सदस्यमा बसुन्धरा लामिछाने, दलित महिला सदस्यमा सुनिता सुनार, खुल्ला सदस्यमा अर्जुन थापा र विष्णुमणि बराल छन् ।

समुन्नत र समृद्ध वडाका लागि वडाबासीबाट आफ्नो टिमले विजयी हासिल गर्नुपर्ने र मतदाताबाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बरालले बताए । ‘घरदैलोका क्रममा वडाबासीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ,’ बरालले भने, ‘हामी विजयी हुनेमा ढुक्क छौं ।’

अध्यक्षको उम्मेदवारीसँगे बरालले घोषणापत्र तथा प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिसकेका छन् । यस्तो छ घोषणापत्रको पूर्ण पाठः

नेपालको संविधान २०७२ ले नेपाललाई समाजवाद उन्मुख राष्ट्रको रुपमा परिकल्पना गरेको छ । यसमा तीन तहका सरकारहरु केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था छ । यसलाई पूर्णता गर्ने राज्यका नीति कार्यक्रमहरु, निर्देशक सिद्धान्तहरु संविधानले अबलम्बन गरेका छन् । मुलतः स्थानीय तहहरु संविधानको अनुसूची ८ को एकल तथा अनुसूची ९ का साझा अधिकारहरु कार्यान्वयन गर्नका लागि स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिमको अधिकारहरु तल्लो तहमा प्रयोग भई आएका छन् । नेकपा एमालेले केन्द्रबाट जारी गरेको घोषणपत्र, पोखरा महानगरपालिकाका लागि पार्टी कमिटीले जारी गरेको घोषणपत्र समेतलाई आत्मसाथ गर्दै ‘समृद्ध सात, पहिचानको साथ’ भन्ने नारा सार्थक बनाउन वडा कमिटीको तर्फबाट यो प्रतिवद्धतापत्र जारी गर्दछौ ।

उत्तर पश्चिममा शान्तिनगर, नुवारथोक हुँदै बुलौंदी खोलादेखि पूर्व दक्षिणमा घारीपाटन हुँदै सेती नदीको किनारासम्म २ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको पोखरा महानगरपालिका वडा नं. ७ बहुआयमिक विशेषताले भरिपूर्ण वडा हो । पुरानो बस्तीदेखि नयाँ बस्तीसम्म, कृषि क्षेत्रदेखि व्यापारिक केन्द्रसम्मको स्थान ओगटेको अनि मुख्यमन्त्री कार्यालयदेखि अधिकांश सरकारी कार्यालयदेखि सुरक्षा निकायसम्मका कार्यालय रहेको यस वडा आवासीय दृष्टिकोणले उपयुक्त, भौतिक विकासको दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको, प्राकृतिक दृष्टिकोणले हरेक ठाउँबाट मनमोहक, माछापुच्छ«े लगायत सिङ्गो हिमश्रृङ्खला देखिने, फेवातालको नजिक सेती नदीको किनार अनि धार्मिक सामाजिक दृष्टिले सहिष्णुता आपसी मेलमिलाप र भातृत्वको अनुपम उदाहरण बनेको वडाको रुपमा रहेको छ ।

शिक्षा क्षेत्र

– वडा भित्र पर्ने शैक्षिक संस्थाहरु (पुर्वप्राथमिक, आधारभूत, माध्यामिक विद्यालय) मा वडा शिक्षा समितिका तर्फबाट नियमित अनुगमन गरी देखिएका समस्याहरु हल गर्दै जाने ।

– सत्प्रतिशत साक्षरता वडा निर्माणका लागि विद्यालय उन्मुख बालबालिकाहरुलाई भर्ना अभियानमा जागरुक गराउने तथा विद्यार्थी भर्ना अभियानमा वडा शिक्षा समितिद्धारा आवश्यक कार्यक्रमहरु गरिनेछ ।

– वडा शिक्षा समितिको पहलमा पुर्वप्राथमिक शिक्षामा पढाउनको लागि योग्यता पुगेका व्यक्तिलाई निःशुल्क तालिम प्रदान गरिने छ ।

– विभिन्न संघ सस्था तथा वडाका आन्तरिक पहलमा विद्यालयमा छात्रा विद्यार्थीका लागि निःशुल्क सेनिटरीको व्यवस्था गरिने छ ।

– विद्यालय क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ ।

– वडाको एक मात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि साथै प्राविधिक विषयमा कक्षा १२ सम्मको अध्ययन व्यवस्था गरिनेछ ।

– यस वडामा रहेका संस्थागत विद्यालयलाई नियमनका साथै सामुदायिक विद्यालयको शिक्षाको विकास सम्बन्धमा आवश्यक समन्वय गरिनेछ ।

स्वास्थ्य क्षेत्र

– वडा भित्र पर्ने सरकारी अस्पताल, स्वास्थ्य संस्थाहरुमा निःशुल्क बितरण गर्ने औषधीहरुको पहुँच वृद्धि गर्न पहल गर्ने तथा त्यस्ता संस्थाहरुको अनुगमन गरिने छ ।

– संक्रामक, सरुवारोग तथा अन्य स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम अवश्यकता अनुसार संचालन गरिने छ ।

– आर्थिक रुपमा विपन्न व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवाको लागि सिफारिस गरिने छ ।

– ‘स्वास्थ्य मनको लागि स्वस्थ्य शरीर’ नारा अनुसार साइकिलिङ तथा फुट ट्रेकलाई अभियानको रुपमा अगाडि बढाईने छ ।

– स्वास्थ्य बिमा अभियान, मनोसामाजिक परामर्श केन्द्र स्थापनालाई प्राथमिकतामा राखिने छ ।

– स्वास्थ्य स्वयंसेवीका तथा महिलाहरुको क्षमता अभिवृद्धिको कार्यक्रमहरु ल्याइनेछ साथै स्वास्थ्यकर्मीहरुलाई वडाबासीको स्वास्थ्य सेवा प्रवद्र्धनमा परिचालन गरिनेछ ।

कृषि

– तरकारीमा आत्मनिर्भर वडाको रुपमा विकास गर्न वडा भित्र बसोबास गर्ने कृषकहरुलाई उन्नत बिउ बिजनको व्यवस्था गरिनेछ । साथै कौसी खेती तथा कृषि विकासको लागि कृषकलाई आवश्यक तालिम उपलब्ध गराईने छ ।

– कृषि बिकासको लागि सिँचाईको व्यवस्थाका लागि प्रदेश कृषि कार्यालयसँग समन्वय गरिने छ ।

– ‘एक घर एक उत्पादन’ को नारा अनुरुप कृषि उत्पादन गर्न प्रेरित गराउन जनचेतना जगाउने कार्यक्रम संचालन गरिने छ ।

– व्यवसायिक तरकारी खेती गर्ने कृषकलाई आधुनिक मल युक्त माटो सुपथ मुल्यमा उपलब्ध गराउने ।

– जैविक (अर्गानिक) साग तरकारीको फाइदा सम्बन्धि तालिम एवमं शिक्षा प्रदान गरिने छ ।

– पर्यटनलाई बढवा गर्न उत्पादनलाई पर्यटनसंग जोड्ने नीति अख्तियार गर्दै अर्गानिक उत्पादनमा जोड दिईने छ ।

– वडामा रहेको बाँझो जग्गाहरुलाई पूर्णत प्रयोगमा ल्याउन पहल गरिनेछ ।

– महानगरमा रहेको कृषि शाखासँग समन्वय गरी कृषि सम्बन्धी आवश्यक कार्यक्रमहरु ल्याईनेछ ।

आर्थिक विकास

– दलित, जनजाति, एकल महिला तथा आर्थिक विपन्न वर्गको लागि आवश्यकता बमोजिम आर्थिक विकासका कार्यक्रमहरुलाई अगाडि बढाउन शीप विकासका कार्यक्रमहरु आयोजना गरिनेछ ।

– युवाहरुलाई आर्थिक उपार्जनसँग जोड्नको लागि उद्यमशिलता सँग जोडिएका आवश्यक कार्यक्रमहरु आयोजना गरिनेछ ।

– असहाय, अपाङ्गता भएका नागरिकहरुका लागि आर्थिक विकासका कार्यक्रमहरु ल्याइनेछ ।

– बेरोजगार नागरिकहरुका लागि स्वरोजगार सम्बन्धी आवश्यक तालिमको व्यवस्था गरिनेछ ।

– युवा, महिला, उद्यमीलाई प्रोत्साहित गर्दै बुटिक तथा हस्तकला उत्पादनलाई जोड दिईनेछ ।

jutta mela

सार्वजनिक सेवा प्रवाह

– वडा नंं ७ को समग्र वडा प्रोफाईल तयार गरिनेछ ।

– वडा नं. ७ भित्रको फोहोर मैलाको उचित व्यवस्थापनको लागि नियमित रुपमा फोहोर संकलन गर्न गाडी उपल्ब्ध गराईने छ ।

– आम जनताको स्वास्थ्यलाई मध्यनजर गरेर सफा स्वच्छ खानेपानीको वितरणको लागि खानेपानी कार्यालय सँग आवश्यक समन्वयन गरिनेछ ।

– सार्वजनिक सडक, प्रतिक्षालय, समाज घर आदि सार्बजनिक स्थलहरुमा निःशुल्क बिजुली बत्ती र पानीको उचित व्यवस्थापन गरिने छ ।

– वडाभित्र रहेका सहकारीहरुको नियमन गरिने छ ।

– वडाभित्र रहेका मन्दिर, गुम्बा, चर्च, मस्जिद आदि धार्मिक स्थलहरुको संरक्षण गरिनेछ ।

– वडामा विभिन्न क्षेत्रमा खुल्ला व्यायामशाला र बाल उद्यान निर्माण गरिनेछ ।

– वडाबाट प्रदान गरिने विभिन्न प्रकृतिका सिफारिसहरुलाई छिटो छरितो र प्रभाबकारी रुपमा कार्यान्वयन गरिने छ ।

– वडा नं. ७ भित्र पर्ने फिर्के, बुलौंदी, सेती खोलाको मापदण्डलाई कार्यान्वयन गर्दै, ढल व्यवस्थापन कार्यलाई प्रभावकारी बनाईने छ ।

– घर धनी र घर बाहालमा बस्ने व्यक्ति बिच हुने दरारलाई न्यूनिकरण गर्ने मैत्रीपूर्ण कार्यक्रमहरु संचालन गरिने छ ।

– वडा भित्र भएका वडा स्तरीय सडकको स्तर उन्नती गरिनेछ । साथै पिच ढलान हुन नसकेका बाटोहरुको आगामी आर्थिक वर्ष भित्र पिच ढलान कार्य पूर्ण गरिनेछ ।

– फिर्के खोला, बुलौदी खोला र सेती नदीका किनारामा आवश्यकता अनुसार महानगरको समन्वयमा बोटानिकल गार्डेन बनाउन पहल गरिनेछ ।

– महानगरको समन्वयमा फिर्के र बुलौदी क्षेत्रमा करिडोर निर्माण गरी वडा नं. ५, वडा नं. ६, वडा नं. ८ र वडा नं. १७ का मुल सडक सँग जोडिने छन् ।

– वडा भित्रका पार्क, उद्यान, सार्वजनिक स्थलहरुको संरक्षण र सौन्दर्यकरण गरिनेछ ।

– बालबालिकाहरुको लागि सिर्जनात्मक गतिविधिहरु, बाल प्रतिभा प्रस्फुटन कार्यक्रमहरुमा सक्रिय बनाईनेछ ।

– जेष्ठ नागरिक, बृद्ध, असाहय, अपाङ्गहरुको लागि वडा भित्रको सार्वजनिक स्थलमा दिवा सेवा केन्द्र स्थापना साथै स्वस्थ मनोरञ्जनात्मक गतिविधिहरु संचालन गरिनेछ ।

– वडा भित्रका ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको लागत दर्ताका लागि मासिक रुपमा अभियान संचालन गरिने छ ।

– वडा भित्र रहेका मुख्य–मुख्य चोकहरुमा ऋऋत्ख् ऋबmभचब जडान गरिनेछ ।

– वडा भित्रका क्षेत्रहरुमा आवश्यकता हेरी सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ ।

– क्षेत्रगत रुपमा सार्वजनिक सूचना केन्द्र स्थापना गरिनेछ ।

– सार्वजनिक बाटाहरु र तिनको दोहोरो मापदण्डका कारणले नागरिकहरुले झेग्नु परेको सास्तीलाई सम्बोधन हुने गरी महानगरसँग पहल गरिनेछ ।

– वडामा रहेका भूमिहिन सुकुम्बासीहरुको लागि भूमि उपलब्ध गराउने कार्यलाई सरकारको नीतिसँग समन्वय गरी भूमि उपलब्धताको लागि पहल गरिनेछ ।

– वडामा रहेका पार्किङ्ग स्थलहरुलाई व्यवस्थित बनाइनेछ ।

सुशासन

– सेवा प्रवाहलाई प्रविधी मैत्री र अपाङ्ग मैत्री बनाईनेछ ।

– वडामा रहेका सामाजिक संघ संस्थाहरु युवा क्लव, आमा समूह, टोल विकास संस्था आदिलाई व्यवस्थित संचालनको लागि आवश्यक पहल गरिनेछ ।

– वडामा रहेको सार्वजनिक सम्पत्तीहरुको संरक्षण गरिनेछ ।

– वडामा उजुरी पेटीका राखिनेछ र त्यसका उजुरीहरुको आवश्यक सुनुवाई गरिनेछ ।

– वडाका कार्यहरु बजेट तथा नीति र योजनाका सम्बन्धमा आवश्यकता बमोजिम सार्वजनिक सुनुवाई गर्ने तथा वेभसाईटमा वडाबासीको जानकारीका लागि राखिनेछ ।

वातावरण तथा पर्यावरण

– वडा भित्रका सार्वजनिक खुला क्षेत्रहरुको संरक्षण गर्दै जैविक, वातावरणीय तथा पर्यावरण संरक्षणको लागि अक्सिजन उत्पादन क्षमता बढी भएका बोटबिरुवाहरुको वृक्षारोपण गरिने छ ।

– सार्वजनिक चौतारा, वरपीपल, समी लगायतका साँस्कृतिक महत्वका वृक्षहरुको संरक्षण गरिने छ ।

– वडामा रहेका पार्कहरुलाई व्यवस्थित र सुविधाजनक बनाइनेछ ।

You might also like

Comments are closed.