करेसाबारी र कौसी खेती बारे निशुल्क अनलाइन तालिम

पोखरा ।

अनलाइन सपिङ स्टोर ग्यापु मार्केटप्लेस र मेरो एग्रो प्रालिले करेसाबारी र कौसी खेतीबारे निशुल्क अनलाइन तालिम दिने भएका छन् ।

शुक्रबार दिउँसो चार बजे जुम मिटिङरुममा सुरु हुने तालिम सप्ताहिक रुपमा एक महिना सम्म चल्ने छ । तालिम ग्यापु मार्केटप्लेसको फेसबुक पेज बाट समेत लाइभ हेर्न सकिने छ ।

इच्छुक जो कोहि तालिममा सहभागी हुन सक्नेछन्। जुम मिटिङको आइडी 857 0792 9547 र पासवर्ड agrogyapu रहेको छ ।

तालिममा अग्र्यानिक तराकारी खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइने मेरो एग्रो प्रालिका निर्देशक एस के श्रेष्ठले जानकारी दिए ।

तालिममा स्थानिय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने श्रेष्ठले बताए । भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिममा सिकाइने छ । खेती गर्न इच्छुक तर बीउ र मल नहुने ग्राहकलाई घरैमा डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।

लकडाउनले गर्दा फुर्सदिला ब्याक्तीहरुलाई समय अनुसारको तरकारी खेती सम्बन्धि तालिम दिई बाँझो वारि र कौसीको सदुपयोग गर्न सिकाउन तालिमको आयोजना गरिएको खड्काले बताए ।

You might also like

Comments are closed.