काठमाडौं । तपाईं २०८१ को एसईई उत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुने सोचमा हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त गन्तव्य बन्न सक्छ केएमसी ललितपुर । नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये अग्रणी पहिचान बनाउन सफल ‘काठमाडौं मोडल सेकेण्डरी स्कुल’ ललितपुर (केएमसी ललितपुर) ले ‘प्लस टु’मा विज्ञान, व्यस्थापन र कानून संकायको पठनपाठन गराउँदै आइरहेको छ ।
२०५७ सालमा स्थापना भएको केएमसी ललितपुरले गुणस्तरीय शिक्षामा आफूलाई अब्बल बनाएको छ । स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न विद्यालय सफल छ । विद्यालयको उत्कृष्ट छबिकै कारण विद्यार्थीहरुको रोजाईमा समेत केएमसी ललितपुर पर्न सफल छ ।
२२ वर्षभन्दा बढीको इतिहासमा, केएमसीले शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र नवप्रवर्तनको संस्कृतिलाई आत्मसात गर्दै उच्चस्तरीय शिक्षा प्रणालीको विकास गर्न सफल छ ।
प्लस टुमा विज्ञान, व्यवस्थापन र कानून संकायमा विद्यालयले बलियो पकड बनाउन सफल छ । शतप्रतिशत रिजल्ट निकाल्दै दक्ष जनशक्ति उत्पादनमा केएमसीको योगदान रहँदै आइरहेको छ । लामो अनुभव सँगालेका अनुभवी शिक्षकहरूले पठनपाठन गराउँदै आइरहेका छन् ।
शिक्षा मन्त्रालयबाट २०७४ र २०७५ सालमा उत्कृष्टता सम्मान पत्र प्राप्त गर्न सफल यो विद्यालयमा देशभरका कलेजहरु मध्येमा उत्कृष्ट पहिचान स्थापित गरेको छ ।
कलेजले काठमाडौं मोडल रिसर्च फाउण्डेसनको स्थापना गरी विद्यार्थीलाई अनुसन्धान र नवप्रवर्तनमा जोड दिदै आइरहेको छ ।
केएमसीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग एमओयु (समझदारी पत्र)मा हस्ताक्षर गर्दै विद्यार्थी तथा शिक्षक आदान–प्रदान गर्दै आइरहेको छ । संयुक्त अनुसन्धान र अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गर्नमा पनि यस्ता समझदारीले योगदान गर्दै आइरहेको छ । स्टोनी ब्रोक युनिभर्सिटी युएसए, सान्दोङ युनिभर्सिटी चीन, जर्जिया साउथस्वेर्टन स्टेट युनिभर्सिटी युएसए, योजु इन्स्टिच्युट अफ टेक्नोलोजी दक्षिण कोरिया, मोक्पो केएमसी युनिभर्सिटी दक्षिण कोरिया, एनसीसी युके लगायत अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक प्रदायक संस्थाहरुसँग केएमसीले साझेदारी गरेको छ । हालै केएमसीका ४० जना विद्यार्थी तथा शिक्षकहरु चीनको सान्दोङ युनिभर्सिटीमा ग्रीष्मकालीन कार्यशालामा सहभागी भएका थिए ।
केवल शिक्षामा मात्र नभइ विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विश्वास गर्दै केएमसी ललितपुरले पठन संस्कृतिको विकास गर्न सफल भएको प्रिन्सिपल मुकुन्दकुमार गिरी बताउँछन् । ‘महानताबाट भलाइतर्फ’ भन्ने विद्यालयको दर्शनले विद्यार्थीलाई आत्मविश्वासी, उत्तरदायी र सक्षम नागरिक बन्ने बाटो देखाउन सफल हुने उनले विश्वास व्यक्त गरे ।
‘अनुभवी शिक्षक, आधुनिक पूर्वाधार, अनुसन्धान र अतिरिक्त क्रियाकलापहरू सहितको शैक्षिक वातावरण तपाईंको पूर्ण विकासमा समर्पित छ,’ प्रिन्सिपल गिरीले भने ।
केएमसी ललितपुर नै किन ?
२२ वर्षको शैक्षिक इतिहास
सरकारबाट मान्यता प्राप्त उत्कृष्ट संस्था
१००% नतिजा र गुणस्तरीय शिक्षा
अन्तर्राष्ट्रिय अवसर र साझेदारी
अनुसन्धान, खेलकुद र नेतृत्व विकासमा जोड
Comments are closed.