पोखरा–काठमाडौँमा कोइली ट्राभल्सको नयाँ दिवा भिआइपी सेवा सुरु

 पोखरा । पोखरा–काठमाडौँ रुटमा रात्रि सेवा सञ्चालन गर्दै यात्रुहरूबाट अपार माया र सकारात्मक प्रतिक्रिया बटुलेको कोइली ट्राभल्सले अब दिवा सेवा समेत सुरु गरेको छ।

आईतबारदेखि सुरु गरिएको यो नयाँ सेवा अन्तर्गत यात्रुहरूले भिआइपी सोफा सिट र वासरूम सुविधा सहितको सुविधा सम्पन्न बसमार्फत पोखराको हेमजाबाट काठमाडौँ–भक्तपुरसम्म यात्रा गर्न पाउने छन्।

बस सेवाको औपचारिक शुभारम्भ पोखरा–२५ का वडा अध्यक्ष मोती प्रसाद तिमिल्सिना र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले संयुक्त रूपमा गरेका हुन्।

कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोक कुमार चौधरीका अनुसार, रात्रि सेवाबाट प्राप्त उत्कृष्ट यात्रु प्रतिक्रिया र सन्तुष्टिको आधारमा, यात्रालाई झनै सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले दिवा सेवा सुरु गरिएको हो।

कम्पनीले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र आधुनिक यात्राको अनुभव दिने प्रतिबद्धता व्यक्त गरेको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.