पूर्व रानी कोमल शाह आइसियुमा

 

काठमाडौं । पूर्व रानी कोमल शाहलाई आइसियु सारेर उपचार गरिएको छ । कोरोना भाइरस संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको भर्ना गरिएको थियो ।

अक्सिजनको मात्रा कम भएपछि बुधबार आइसियुमा राखेर उपचार सुरु गरिएको हस्पिटल स्रोतले जनाएको छ ।

वैशाख ७ गते पूर्व राजपरिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण पछि नर्भिक अस्पताल भर्ना भएका थिए ।

You might also like

Comments are closed.