कोपिला सहकारीको अध्यक्षमा ठाकुरप्रसाद पोखरेल

पोखरा ।कोपिला बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा सञ्जय पौडेल, कोषध्यक्ष बिष्णुप्रसाद अधिकारी र लेखा संयोजकमा केशवराज अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यमा उपेन्द्रराज पोखरेल, घननाथ सापकोटा, निर्मला अधिकारी, ठाकुर आचार्यर घनेश्वर अधिकारी रहेका निर्वाचन संयोजक ज्ञान बहादुर कार्कीले जानकारी दिए । लेखासमितिकाका सदस्य मा भरतराज आचार्य र किशोर अधिकारि छन् ।

भुमिव्यवस्था कृषि तथा सहकारि मन्त्रालय गण्डकी प्रदेशका अधिकृत बलराम शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता सुर्यबहादुर जि.सीले गरेका थिए । कार्यक्रममा स्वागत ठाकुरप्रसाद पोखरेलले गरेका थिए भने सहकारीका ७ सिद्धान्त निर्मला लामिछानेले वाचन गरेकी थिइन् ।

jutta mela

साधारण सभाले सचिव र लेखा समितिको प्रतिबेदन पारित गरेको छ । सहकारीको शेयर पुँजी ३ करोड ३३ लाख ६४ हजार रहेको छ भने निक्षेप १० करोड ४१ लाख २४ हजार रहेको छ ।

You might also like

Comments are closed.