काठमाडौँ । नेपाल राष्ट्र बैंकको आगामी गभर्नरमा काँग्रेस निकट मानिने विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको निर्णायक छलफलपछि पौडेलको नाममा सहमति जुटेको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि सत्ता साझेदार दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी काँग्रेसबीच गभर्नर नियुक्तिको विषयलाई लिएर मतभेद रहँदै आएको थियो, जसकारण नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको थियो ।
यो महत्वपूर्ण सहमतिसँगै आज नै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको सिफारिस लगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने औपचारिक निर्णय गर्ने तयारी छ । योसँगै केन्द्रीय बैंकको नेतृत्व कसले सम्हाल्ने भन्नेबारेको अन्योलता अन्त्य हुने भएको छ ।
Comments are closed.