गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । एमाले नेतृत्वको पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि पोखरेल यही जेठ २९ गते मुख्य मन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले आज शुक्रबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३१ मत प्राप्त भएको छ ।

विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मात्रै मतदान गरेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । एमाले बाहेकका दल र स्वतन्त्र सांसद दीपक मनाङगेको गठबन्धनले पोखरेललाई विश्वासको मत दिएको हो ।

You might also like

Comments are closed.