पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटेका छौं

डा. कृष्णचन्द्र देवकोटा, उपाध्यक्ष, गण्डकी प्रदेश नीति तथा योजना आयोग

प्रदेशको राजधानी शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा हामी सफल भएका छौं । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको अग्रसरता तथा यहाँको निजी क्षेत्र र आम नागरिकको साथ र सहयोगमा यो काम सफल भएको हो । पोखरामा चैत ४ गते आयोजित भव्य कार्यक्रमबीच प्रधानीमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पोखरालाई हामीले पर्यटनको राजधानी शहर घोषणा गर्न पाउँहा हामी गौरवान्वित भएका छौं ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन भएको थियो । ११ सदस्यीय उक्त समितिको संयोजकको जिम्मेवारी मलाई प्राप्त भयो । समिति गठन भएपछि हामीले अध्ययनलाई द्रुत गतिमा अगाडि बढाएर उक्त प्रतिवेदन प्रदेश सरकार र पोखरा महानगरपालिकालाई हस्तान्तरण ग¥यौं । अध्ययन प्रतिवेदन पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भयो । सरकारले अपनत्व लिएर काम अगाडि बढाएपछि अभियान सफल भएको छ । यो अभियानमा पर्यटनमन्त्री, सचिवलगायत मन्त्रालयका पदाधिकारी तथा पोखरा महानगरपालिकाका मेयर तथा निजी क्षेत्रका साथीहरु पनि यस कार्यमा तल्लीन भएर लाग्नुभयो ।

पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटेका छौं । पर्यटन विज्ञसहितको सो अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र संघ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो । सोही अनुसार समितिले सर्ट टर्म, मिड टर्म र लङ टर्मको रणनीति तय गरेको छ । सोही अनुसार अब पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघ सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी छ ।

jutta mela

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वर्षेनी बढ्नेछ । पोखरामा पर्यटकको संख्या बढ्दा यसको लाभ पोखरासँगै प्रदेश र समग्र देशलाई मिल्नेछ ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.