सरकारले निजी क्षेत्रमैत्री राजश्व नीति अबलम्बन गर्नुपर्छ : दुलाल

सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को राजश्व नीति सम्बन्धी अन्तरक्रिया, छलफल तथा सुझाव संकलन कार्यक्रम सुर्खेतमा बुधबार सम्पन्न भएको छ । नेपाल राजश्व परामर्श समिति र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजश्व समितिका सहसभापति कृष्णप्रसाद दुलालले सरकारको राजश्व नीति निजी क्षेत्रमैत्री हुन नसकेको गुनासो गरे । नेपालको राजश्वमा निजी क्षेत्रको योगदानलाई स्मरण गर्दै सरकारले निजी क्षेत्रमैत्री राजश्व नीति अबलम्बन गर्नुपर्ने उनले बताए ।

यसैबीच, कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका दुलाललाई सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कंडेल र कर्णाली अटो मोबाइल्स एसोसिएसनको टोलीले सुर्खेतमा स्वागत गरेको छ ।

सो अवसरमा अध्यक्ष दुलालले कर्णाली अटो मोबाइल्स एसोसिएसनको कार्यालयको निरीक्षण तथा व्यवसायीहरुसँग भेटघाटसमेत गरेका छन् ।

lcci
You might also like

Comments are closed.