पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन

ललितपुर । पाटन पर्यटन विकास संस्थाको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । पाटनको पर्यटन प्रवर्द्धन तथा ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा क्रियाशील पाटन पर्यटन विकास संस्था ३१ वर्षअघि स्थापना भएको हो । शुक्रबार सम्पन्न ३१औं साधारणसभाले अध्यक्षमा महर्जनलाई सर्वसम्मत निर्वाचित गरिएको हो । प्रतिनिधि सभाका सदस्य जगदीश खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले स्थापना कालदेखि नै पाटनलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तथा यहाँका सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाको निबर्तमान अध्यक्षमा दिलेन्द्र राज श्रेष्ठ, उपाध्यक्षमा सत्यरत्न शाक्य, महासचिवमा मोहन ब्यन्जनकार, कोषाध्यक्षमा सरिता अवाले र सहसचिवमा सगुन धाख्वा निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा लक्ष्मणकृष्ण राजभण्डारी, सन्तमान महर्जन, सुशील बज्राचार्य, युविका भण्डारी, अनिल शाक्य, धर्मराज शाक्य र डा रोहित कुमार रञ्जितकार निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष महर्जनले पाटन क्षेत्रको पर्यटन विकास, सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सम्बन्धित निकाय तथा सरोकारवालासँग सहकार्य गर्दै पाटनको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । महर्जन ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सदस्य हुन् ।

सो अवसरमा पर्यटन क्षेत्रमा पुर्याएको योगदान बापत ललितपुरका पहिलो क्याप्टेन पूर्णलाल श्रेष्ठ र होटल हिमालयलाई सम्मान गरिएको थियो।

You might also like

Comments are closed.