‘नेपालकै इतिहासमा सबैभन्दा उत्कृष्ट बजेट’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटप्रति प्रतिक्रिया आउने क्रम जारी छ । यसैक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बजेट अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । ‘नाडा लगायत निजी क्षेत्रले उठाउँदै आएका एजेन्डाहरु बजेटमा समावेश भएको छ,’ उनले भने, ‘नेपालकै इतिहासमा पहिलो पटक सबैभन्दा उत्कृष्ट बजेट प्रस्तुत भएको छ ।’

२० लाख रुपैयाँसम्मको व्यवसाय गर्नेलाई ९० प्रतिशत आयकर छुट, १ करोडसम्मको व्यवसाय गर्नेको ५० प्रतिशत आयकर छुट दिइनु बजेटको राम्रो पक्ष भएको दुलालले बताए । रुग्ण उद्योगहरुलाई ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने, स्टार्टअप बिजनेसलाई ५ वर्षसम्म आयकर नलाग्ने, उद्योगले प्रयोग गर्ने डिजेल र ग्याँसको भ्याल क्लेम गर्न पाइने व्यवस्था हुनु राम्रो भएको दुलालले बताए ।

देशभर ५ सय वटा चार्जिङ स्टेसन बनाउने, भ्याटको खाता प्रमाणित गर्ने नियम खारेज, स्वचालित करचुक्ता प्रमाणपत्र पाउने, भन्सारमा कारोबार मूल्यमा आधारित जाँचपास हुने निर्णय पनि उत्कृष्ट भएको उनले बताए । साझाले सयवटा विद्युतीय गाडी तुरुन्त थप गर्ने तथा विद्युतीय गाडीलाई प्राथमिकता दिने गरी बजेट सार्वजनिक हुनु राम्रो पक्ष रहेको दुलालले प्रतिक्रिया दिए ।

jutta mela

You might also like

Comments are closed.