सराङकोट सहकारीको अध्यक्षमा थापा

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । १५औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा वसन्त बहादुर बानियाँ, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा छन् । सञ्चालक सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजू, विकल पौडेल र तारा थापा, लेखा समिति संयोजक शिवबहादुर बानियाँ, शिव बहादुर थापा, मनहरि भण्डारी छन् ।

वि.सं. २०६३ मा स्थापित सहकारीले रेडियो सराङकोटको सञ्चालन, बचत तथा ऋणमार्फत ४४ करोड लगानी, ५२ करोड बचत, सहित मुनाफा १ करोड ६० लाख गरेको छ । साधारण सभाको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि भौतिक पूर्वाधार शहरी विकास तथा सामाजिक मन्त्री कुमार खड्काले सहकारी गतिविधि मार्फत आम समुदायले आर्थिक कारोबार सहज बनाएको बताए ।

jutta mela

सहकारीमा सदस्यता विवादमा बैंकमा जति खाता खोले पनि हुने, सहकारीमा व्यक्तिको पहुँचमा किन कडाई भन्दै मन्त्री खड्काले यसलाई उचित नियम बनाई सबैको सहज हुने कार्य हुनुपर्ने बताए । रेडियोका प्रबन्ध निर्देशक कमलनयन गौतमले रेडियो मार्फत सेवामुखी सामाजिक कार्यहरु गरिने बताए । पूर्व अध्यक्ष सुशीलराज पराजुलीले संस्थामार्फत भएका गतिविधिले आम समुदायलाई फाइदा पुगेको बताए ।

सल्लाहकार सोभियतबहादुर अधिकारीले संस्था सधैं सकृय रहेर सबैलाई समेट्नु महत्वपूर्ण रहेको बताए । संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सल्लाहकार ईन्द्रकमल मानन्धर, निर्वाचन संयोजक चिन्तामणि बाँस्तोला, गणेशबहादुर अधिकारी, सम्मानित व्यक्तित्व हेडम्बराज पराजुली, सल्लाहकार दुर्गाबहादुर सुनार, उपाध्यक्ष वसन्तबहादुर बानियाँ, सचिव कृष्ण थापा, कोषाध्यक्ष मीनबहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, शिक्षासमिति संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, सञ्चालक सदस्य रमेशकुमार थापा लगायतले संस्थाको विविध गतिविधिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थाको विकास तथा सामाजिक क्षेत्रमा पु¥याएको कदरस्वरुप समाजसेवी सम्मान हेडम्बराज पराजुली, कर्मचारीतर्फ सुशीला परियार, डोल्मा तामाङ, कारोबारतर्फ ध्रुवकुमार सुनचौरी र मौना परियार दर्जीलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.