काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
साथै, सोही अवधिसम्म बैंकले ९८ करोड ७० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ छ । बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण वमोजिम पुँजीकोष अनुपात १३.२० प्रतिशत छ भने निष्कृय कर्जा ३ दशमलव ३८ प्रतिशत छ ।
देशभरका १३० वटा शाखा सञ्जालबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले आ.व २०८१/८२ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकेको समय भन्दा अगाडि नै प्रकाशन गरेको छ । बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र वोर्डको स्विकृती पश्चात आवश्यक प्रकृया पुरा गरि शेयर जारी गर्ने बैंकले जनाएको छ ।
Comments are closed.