कामना सेवा विकास बैंकले ‘कस्टुमर्स डे’ को अवसरमा निःशुल्क शिविर सञ्चालन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘कस्टुमर्स डे’ को अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कामना सेवा विकास बैंक र निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरी सम्झौता सम्पन्न भएको हो ।

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेव्ररी ९ तारिक कस्टुुमर्स डेको रुपमा समेत मनाउदै आएको छ ।

jutta mela

सोही अवसरमा माघ २६ गते बिहीबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानसगँको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंजस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

You might also like

Comments are closed.