कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवा सम्बन्धी सम्झौता 

काठमाडौं ।  कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको हो ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङबाट टाटा ब्राण्ड्का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

 

You might also like

Comments are closed.