कामना सेवा विकास बैंकले ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ ।

गत १६ चैत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई उक्त सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँको ४.४१ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

jutta mela

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

You might also like

Comments are closed.