कामना सेवा विकास बैक र एनएस युनिसेक्स सैलुनबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सैलुनले प्रदान गर्ने सेवामा हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.