कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको नारायण गोपालचोक चक्रपथमा रहेको मल्पी इन्टरनेशनल कलेजसँग ऋइीीभ्न्भ् सँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.