काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड बाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।
यस सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि (आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Comments are closed.