कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडले साढे २७ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाममा रहेको उक्त सेयर  माघ २६ गतेदेखि २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो । यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ३८ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि फागुन ११ गतेसम्म बोलपत्र पेश गर्ने सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिनेछ ।

उक्त सेयर विद्यमान  संस्थापक बैंकलेसँगै अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

। उक्त सेयर खरीद गर्न इच्छुक लगानीकताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने बैंकले जनाएको छ ।
१० लाखभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने जनाइएको छ । यस सेयरको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड हो ।

You might also like

Comments are closed.