काठमाडौं । कुमारी बैंकले १६ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको १६ हजार ६सय कित्ता सेयर बिक्री खुला गरेको हो । यस सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिद गर्न चाहाने संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुुपर्ने छ ।
खरिद गर्ने लगानीकर्ताले आवदेन दिदाँ कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाउपर्ने बैंकले जनाएको छ । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Comments are closed.