कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने व्यवस्था रहेको छ। त्यसअनुसार उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्। बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

 

बैंकका अनुसार तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

You might also like

Comments are closed.