कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको छ। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट सो रकम जुटाइएको हो ।

विद्यार्थीबाट ५१ हजार ४ सय ७५ रुपैयाँ सङ्कलन भएको छ । शिक्षक र कर्मचारीहरुले ९२ हजार ५ सय ८६ रुपैयाँ योगदान गरेका छन् । विद्यालय प्रशासनका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ थप गरी जम्मा २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको हो ।

यस अघि नै विद्यालयमा क्रियाशील आर।यू। क्लब र कला कर्म क्लबको सक्रियतामा सङ्कलित लत्ताकपडा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिसकेको शिक्षक दिपेन्द्र थापा मगरले बताए ।

You might also like

Comments are closed.