कुमुदिनीद्वारा एसईई दिएका विद्यार्थीलाई वधाई तथा शुभकामना

पोखरा, १५ चैत्र । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्सले यस वर्षको एसईई परिक्षा दिएका ६४ जना बिद्यार्थीहरुलाई आगामी शैक्षिक प्रगतिका लागि वधाई तथा शुभकामना दिएको छ ।

बिद्यार्थीसहित अभिभावकहरु सहभागि भएको समारोहमा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे, संचालक मीना पालिखे, सहप्राचार्य मुकेश कुमार अधिकारी लगायतले उनीहरुलाई फूलमाला, अबिर लगाई प्रमाणपत्र हस्तान्तरण गर्दै वधाई दिएका थिए ।

सो अवसरमा संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयमा १४ वर्ष बिताएर एसईई दिएका बिद्यार्थीहरुको मुहारमा सधैं खुसी देखिरहन चाहेको र आगामी गन्तव्य पनि सुखद् होस् भन्ने इच्छा रहेको बताए । हामीले छोराछोरी जस्तै व्यवहार गरेर अनुशासित बिद्यार्थी उत्पादन गरेका छौं । हाम्रा शिक्षकहरुले बिद्यार्थीका लागि खेलेको अहम भूमिका र विद्यालयप्रति अभिभावकको अटुट विश्वास रहेको उनले बताउँदा अभिभावक र शिक्षकका लागि तालि बजाएर सम्मान गरेका थिए ।

अघिल्ला वर्षको भन्दा यसवर्ष अँझ बढी बिद्यार्थीहरुले राम्ररी परिक्षा दिएको र नतिजा पनि उत्कृष्ट आउनेमा ढुक्क भएको बताए । बिद्यार्थी भनेका यो देशका भविष्यका संचालक हुन् । उनीहरुसंग देशको खुसी र समृद्धि जोडिएको छ अध्यक्ष पालिखेले भने । अब कक्षा ११ मा जानु अघि दुई अढाई महिनाको समय खेर नफाल्न आग्रह गर्दै विद्यालयमा निःशुल्क रुपमा संचालन हुने साईन्स, म्यानेजमेन्ट तथा कम्प्युटरका कक्षाहरु निःशुल्क रहने जानकारी दिए ।

उनले भने, किन ब्रिज कोर्श, केके कोर्श गर्नुपर्यो रु त्यो हामीले खालि रहने दुई अढाई महिनामा बिनाशुल्क उपलव्ध गराउँछौं । हाम्रा विद्यार्थीहरु कोहि पियुमा, कोहि इन्जिनियरीङ तथा कोहि होटल म्यानेजमेन्ट, चिकित्सा क्षेत्र र विदेशमा नाम निकालेर अध्ययन गरिरहेका छन् । उनले भने, हाम्रो उदेश्य नै सधैं उच्च लक्ष्य हो, शिक्षा र असल संस्कारयुक्त बिद्यार्थी उत्पादनका लागि कुनै सम्झौता गर्दैनौं । कलेज पनि हामीसंगै भएकोले कलेज खोजिरहनुपर्ने अवस्था पनि नभएको उनको भनाई थियो ।

सह-प्राचार्य मुकेश कुमार अधिकारीले भने, बिद्यार्थीले अँझैं अगाडी बढ्नका लागि मेहनतलाई निरन्तरता दिनुपर्ने बताउँदै सक्षम नागरिक बनाउनका लागि आमा बुबाले शिक्षाका लागि गरेको लगानीको प्रतिफल देशको असल गहनाको रुपमा रुपान्तरण हुनपर्छ । मलाई आशा छ, त्यो दिशामा तपाँईहरु जानुहुन्छ ।’

अभिभावक तथा साहित्यकार सरस्वती प्रतिक्षाले बिद्यार्थीहरुमा विद्यालयमा बिताएका वर्षहरु पुस्तकका अध्याय जस्तै हुन् भन्दै जति वर्षहरु बित्दै जान्छन् ति वर्षहरु यादगार भईरहने पुस्तककै रुपमा रहने बताईन् । एसईई दिएका ६४ जना यी चित्रहरु रंगिन छन् यही नै हामी सबैको खुसीको कुरा हो उनले भनिन् ।

छात्रा शुवासी शर्माले १४ वर्ष विद्यालयमा बिताएका पलहरु जीवनका लागि महत्वपूर्ण रहेको बताईन् । उनले भनिन्, हामीले शिक्षा मात्रै लिएनौं । मित्रता, अनुशासन, परिश्रम, मेहनत र अतिरिक्त कार्यहरु अमूल्य रहेको अनुभव गरेकी छु । मेरा लागि अविस्मरणीय हुनेछ ।

छात्र आदिप पन्तले आफ्नो अगाडीको पढाई कक्षा ११ र १२ पनि यही विद्यालयमा पढ्ने सोंच बनाएको बताए ।
बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक केशव अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.