पोखरा ।पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीहरुबीच प्रथम एसइई कप प्रतियोगिता २०८१ मंगलबारबाट शुरु भएको छ ।
प्रतियोगितामा फुटसल तथा बास्केट बल समावेस गरिएको छ । बास्केल बल कुमुदिनी विद्यालयकै बास्केटबल कोर्टमा भईरहेको छ भने फुटसल बाहिर खेलाईदैछ ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले एसइई दिएर बसेका विद्यार्थीहरुलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एकापसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।
पालिखेले विद्यार्थीलाई पढाईको साथसाथै अतिरीक्त क्रियाकलापमा पनि घुलमिल गराउन अत्यन्त आवश्यक भएको बताउँदै खेलकुदको माध्यमबाट एकापसमा परिचय गराउनु पनि रहेको बताए ।
प्रतियोगितामा काठमाडौं, स्याङजा, लमजुङ, म्यग्दी लगायतका जिल्लाहरुबाट ७१ विद्यालयका विद्यार्थी सहभागि भएका छन् । यसमा पुरुष मात्रै सहभागि भएका छन् । बास्केटबल तर्फ ४३ विद्यालयका पुरुष विद्यार्थी सहभागि भएका छन् भने महिलातर्फ ११ विद्यालयका महिला विद्यार्थी सहभागि भएका पालिखेले जानकारी दिए ।
फुटसलमा विजेता टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोश्रो रुपैयाँ १० हजार तथा तेश्रोले रुपैयाँ ५ हजारर पाउने छ ।
बास्केटबल तर्फ पुरुष विजेताले रुपैयाँ १५ हजार, दोश्रोले रुपैयाँ १० हजार र महिला तर्फ पनि पहिलो, दोश्रो र तेश्रो हुने क्रमसः रुपैया १५ हजार, रुपैयाँ १० हजार र रुपैयाँ ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका थिए । सो अवसरमा उनले विद्यार्थीको पढाईको साथमा विद्यालयले विद्यार्थीलाई अतिरीक्त क्रियाकलापमा सहभागि गराउनु सबैका लागि उदारणीय विषय भएको बताए ।
कार्यक्रममा प्रतियोगिताका संयोजक तथा व्यवस्थापन संकाय संयोजक विकास ढुङ्गानाले प्रतियोगितामा सहभागि खेलाडी सबैला्रई आभार व्यक्त गर्दै अनुशासित भएर प्रतियोगितामा सरिक भई उत्कृष्ट खेल खेल्न अनुरोध गरे ।
यस्र्तै विद्यालय व्इवस्थापन समितिका सदस्य राज बहादुर गुरुङले विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सरिक गराई सौहार्दपूर्ण वातावर बनाएकोमा विद्यालयको प्रशंसा गरे । उनले अनुशासन खेलको महत्वपूर्ण पाटो रहेकोले सो अनुसार खेल खेल्न अनुरोध गरे । कार्यक्रम विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले संचालन गरेका थिए ।
कुमुदिनीमा मन्टेश्वरी प्रि टू, यूकेजीका विद्यार्थीको ग्राजुएशन
कुमुदिनी होम्समा मंगलबार प्रि टू युकेजीका विद्यार्थीहरुको ग्राजुएशन सम्पन्न भएको छ । साना बाबुनानीहरुको टोलीले १० वटा मन्त्रोचारण गरेर आरम्भ गरिएको कार्यक्रममा उनीहरुले वर्षभरी विद्यालयका गरेका क्रियाकलाप, विद्यालय बाहिरको अनुभसिहितको श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले १६ व्याचको रुपमा ३५ विद्यार्थीलाई दिक्षित गरिएको बताए । सो अवसरमा पालिखेले विद्यालयलाई विश्वास गरेर बाबुनानीहरुलाई अध्ययनका लागि ल्याउनु भएकोमा आभार व्यक्त गरे र उनले विद्यार्थीको शिक्षण सिकाई तथा सर्वाङ्गिण विकासका लागि कुनै सम्झौता नहुने बताए ।
हामीले समय सापेक्ष अध्ययनको परिपार्टी बसालेका छौं । समय संगसंगैको अध्ययन पद्धति, नविन अन्तराष्ट्रिय प्रयासहरु, अनलाई तथा प्रत्यक्ष तालिमहरुमा जोड दिईरहेको बताए । विद्यालयमा थ्रिडिआई तथा आईपिसि र चाईनिज भाषाका कक्षा संचालन भईरहेको जानकारी दिए ।
हामीले हरेक समुदायका विद्यार्थीलाई आफ्नो संस्कार, संस्कृति र पहिचानको लागि जानकार रहने वातावरण बनाएका छौं । अध्यक्ष पालिखेले भने, बेला बेलामा स्वास्थ्य जाँच, कृषि कर्मको अनुभव र यो वर्षबाट महिनाका चार शुक्रबार बुक फ्रि अर्थात ति दिनमा विद्यार्थीलाई योगामा सहभागि गराउन सुरु गरिएको बताए ।
विद्यायमा गण्डकी प्रदेशकै उत्कृष्ट साइन्स ल्याव रहेको र नतिजा पनि उत्कृष्ट भईरहेको बताए । विद्यार्थीले साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका छन् । उत्कृष्टता हासिल गरेमा, जेहेन्दार छन् तर आर्थिक अभाव छ भने स्कलरसिपमा अध्यापन गराईने बताए ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पनि भएकोले १२ पास गरेपछि होटल बीएचएम, बीबीए, बीबीए फिनान्स र इएमबीएसम्म अध्ययनका लागि अन्यत्र कलेज धाउन आवश्यक नभएको बताए ।
अहिले विद्यालयले नयाँ शैक्षिक सत्रका लागि नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलाएको छ । चैतको २ गते पहिलो चरणको प्रवेश परिक्षा भईसकेको र अर्को प्रवेश परिक्षा चैतको २९ गते हुने पालिखेले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य मन बहादुर भुजेल, मुकेश अधिकारी, शिक्षक सजनि माजु, वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली र वडा सदस्य प्रकाश कोईराला लगायतको सहभागिता रहेको थियो ।
Comments are closed.