कुमुदिनीमा मनाईयो ‘हजुरबुबा हजुरआमा दिवस’

पोखरा । पोखरा वडा नं ४ मा रहेको गण्डकीकै प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आज हजुरबुबा हजुरआमा दिवस विद्यार्थीका अभिभावक, हजुरबुबा हजुरआमासंगै मनाईएको छ ।

मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई उनीहरुका हजुरबुबा र हजुरआमासंगै विद्यालयको सभाहलमा अलग अलग कार्यक्रम गरेर दिवस मनाईएको हो । सो अवसरमा विद्यार्थीले नृत्य, नाटक प्रस्तुत गरेका थिए । हजुरबुबा हजुरआमालाई विभिन्न खेलमा सहभागि गराईएको थियो ।

विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरीक्त क्रियाकलापमा संलग्न गराउँदा उनीहरुले थप ज्ञान हाँसिल गर्ने बताए । सानै उमेरबाट दिवसहरु, आफ्नो, संस्कार, संस्कृति, भित्रि तथा बाह्य वातावरण, सामाजिक सेवा र सत्कार लगायतका विषयहरुमा घुलमिल गराउन सकियो भने असल मानिस बन्न र भविष्यमा त्यसले पहिचानको काम गर्ने बताए ।

“अग्रजका कुराहरु सुन्नु पर्छ” त्यसै भनिएको होईन । उहाँहरुसंग जीवन भोगाईका, ज्ञानका धेरै कुराहरु हुन्छन् । अर्को कुरा बालबालिकाले हजुरबुबा हजुरआमासंगै रहन, खेल्न र कुराकानी गर्न मन पराउँछन् र उनीहरुका नजिकका माया गर्ने बालबच्चाहरु र बालबच्चाका लागि हजुरबुबा हजुरआमाहरु नै हुन्छन् । पालिखेले भने, “हजुरबाबा हजुरआमा दिवस मनाउनुको मुख्य उद्देश्य पनि त्यहि हो । उहाँहरुप्रति सम्मान, माया, कदर र कृतज्ञता पनि प्रकट गर्नु हो । यो दिन विशेष गरी उहाँहरूले हाम्रो जीवनमा पुर्याएको योगदानको कदर गर्न र उहाँहरूको माया, त्याग र योगदानलाई सम्झनका लागि मनाउने गरिएको छ ।”

हाम्रो जीवनमा हजुरबाबा हजुरआमाको अनुभव, ज्ञान र माया अमूल्य हुन्छ । यस दिन उहाँहरूलाई विशेष सम्मान गरिन्छ ।
परिवार, संस्कृति र मूल्यहरूको संरक्षणमा पुर्याएको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले यो दिन उहाँहरूप्रति आभार प्रकट गरिन्छ। जेठो पुस्ताबाट नयाँ पुस्तामा संस्कार, भाषा र परम्पराहरू हस्तान्तरण गर्न यस्ता दिवसहरूले महत्वपूर्ण भूमिका खेल्ने पालिखेले बताए ।

कार्यक्रमको आरम्भमा प्रि एक र दुईका विद्यार्थीद्वारा मन्त्रोच्चारण गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभन्न प्रकारका नृत्य नाटक प्रस्तुत गरेका थिए ।

मन्टेश्वरी इन्चार्ज अमृता आलेले सहभागिहरुलाई स्वागत गर्दै हजुरबुबा हजुरआमा घर, समाजका पहिलो गुरु भएका बताईन् । उहाँहरुमा जीवन भोगाईका धेरै ज्ञानहरु हुन्छन् जो हाम्रा लागि मार्गदर्शक बन्न सक्छन् उनले भनिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे, सोसल इन्चार्ज सजनी माजु, नृत्य प्रशिक्षक सजिना गुरुङ लगायतको उपस्थिति रहेको थियो । संचालन शिक्षक निलम प्रधानले गरेकि थिइन्।

You might also like

Comments are closed.