कुमुदिनीमा विद्यार्थीलाई सेयर बजार र बचतको महत्ववारे ज्ञान दिन कार्यक्रम

पोखरा । विश्वव्यापी रूपमा मनाइने “ग्लोबल मनी विक”को अवसरमा पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि “मनी म्याटर्स” वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि पैसाको महत्त्व र सही सदुपयोगबारे जानकारी गराउने उद्देश्यले कक्षा ११ का विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

विद्यार्थीलाई आफ्नो पकेट मनी ९खर्च० लाई कसरी सही ढंगले परिचालन गर्ने र फजुल खर्च नगरी बचत गर्ने बानी बसाल्ने कार्यक्रमको उदेश्य हो ।

अध्यक्ष पालिखेले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै भने, कि विगतमा नबिल बैंकको ३,१०० रुपैयाँको सेयर लगानी अहिले बढेर करिब ८० लाख रुपैयाँ बराबर भएको छ। यसै उदाहरणमार्फत उनले विद्यार्थीहरूलाई सेयर बजारमा सानो लगानीले भविष्यमा ठूलो प्रतिफल दिने जानकारी दिए।

कार्यक्रममा कक्षा ११ का करिब १८० जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी थिए। यसअघि कक्षा १२ का विद्यार्थीहरूलाई पनि यस्तै साक्षरता प्रदान गरिसकिएको उनले जानकारी दिए । कार्यक्रममा सुमेरु सेक्युरिटिज पोखराका प्रबन्धक मन्दिप पुरीले सेयर बजार, आईपीओ र जलविद्युत तथा उद्योगहरूमा गरिने लगानीका प्राविधिक पक्षबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

अध्यक्ष पालिखेले कार्यक्रमकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तरबारे पनि चर्चा गरे । उनका अनुशार विद्यालयमा नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना खुलेको छ। विद्यालयका विद्यार्थीले इन्जिनियरिङ र चिकित्सा शिक्षाका प्रवेश परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याई छात्रवृत्तिमा नाम निकाल्न सफल भइरहेका छन्।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय जस्ता प्रतिष्ठित संस्थाहरूमा कुमुदिनीका विद्यार्थीहरूको दरिलो उपस्थिति रहेको उनले दाबी गरे ।

अभिभावकलाई विद्यालयको वातावरण, शिक्षकहरूको गुणस्तर र नतिजा हेरेर मात्र आफ्ना नानीबाबुहरू भर्ना गर्न उनले अनुरोध गरेका छन् ।

You might also like

Comments are closed.