कुमुदिनी होम्सद्वारा बाराही र हिमालय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री र पोशाक प्रदान

पोखरा । पोखराको गैह्रापाटनमा रहेको उत्कृष्ट विद्यालय कुमुदिनी होम्सले विगतका वर्षहरुमा जस्तै यस नयाँ शैक्षिक सत्रका लागि पनि कास्कीको उत्तरी भेगमा रहेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री, खाजा तथा विद्यालय पोशाक प्रदान गरेको छ ।

विद्यालयमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेसहित विद्यालय परिवारले माछापुच्छ्रे गाउँपालिका खादरजुङस्थित बाराही आधारभूत विद्यालयका प्रधानअध्यापक रामप्रसाद आचार्य र पुरन्चौरमा रहेको हिमालय आधारभूत विद्यालयका प्रधानअध्यापक माधवप्रसाद गौतमलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयका अध्यक्ष अशोक पालिखेले बाराही आधारभूत विद्यालयका लागि बिगत ६ वर्षदेखि शैक्षिक तथा खेलकुदका सामाग्री, प्रत्येक विद्यार्थीलाई दुई सेट पोशाक, आवश्यक भौतिक सामाग्रि सहयोग गर्दै आएको बताए । हामीले सामाजिक उत्तरदायीत्व बहन गर्दै दुई विद्यालयलाई एडप गरेका छौं सो अवसरमा पालिखेले भने,  विद्यालयको अवस्था दयनिय देखेपछि सहयोग गरिरहेका छौ ।

jutta mela

लोटस फाउण्डेशन जर्मनीको सहयोगमा पोशाक दिदै आएको र विद्यार्थी तथा विद्यालयलाई शिक्षण सिकाईका लागि कुनैपनि अफ्ठेरो परेको बेलामा सहयोग गर्न तत्पर रहेको बताए । पालिखेले भने यो मैले मात्रै होइन । सामाजिक काम पनि हो । सकेको योगदान सबैले गर्नुपर्छ । सो उत्तरदायित्वलाई मनन गर्दै आफुहरुले सहयोग गर्दै आएको पालिखेले बताए । यसपटक हिमालय प्राविका ३७ विद्यार्थीका लागि प्रत्येकलाई दुई दुई सेट पोशाक, खाजा खर्च, स्टेशनरी उपलव्ध गराएको बताए । उनले कुमुदिनीका विद्यार्थीलाई पनि सामाजिक सेवा भावमा प्रेरित गर्दै आएकोले कक्षा ४ देखि माथिका विद्यार्थीबाट संकलित पेन्सिल, कटर र नोटबुक उपलव्ध गराएको बताए ।

‘बाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्यले विद्यालय मर्ज हुने अवस्थामा पुगेको र संन्चालनमा कठिनाई परेको बेलामा अशोक सरले म सहयोग गर्छु भनेपछि अहिले विद्यालयमा ४४ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए । हामी पालिखे सरको सहयोगबाट निकै उत्साहित भएका छौं ।’ सरकारले दिने १५ रुपैयाँ खाजा खर्चले के नै हुन्छ र ? सरले सहयोग गरेपछि हामीले विद्यार्थीलाई राम्रो खाजा खुवाउन सक्षम भएका छौं । उहाँ हाम्रा लागि आड र भरोसाको पात्रको रुपमा रहनु भएको छ । हाम्रोमा पाँच कक्षासम्म पढाई भईरहेको छ । निजीश्रोतबाट दुईजना शिक्षक र सरकारी दरबन्दी तीनवटा रहेको छ । राज्यको तर्फबाट खासै चासो दिएको पाइदैन । अहिले माछापुच्छ्रे गाउँपालिकाले पाठ्यपुस्तक व्यवस्था गरिदिएको छ,’ उनले बताए ।

हिमालय प्राविका प्रधानाध्यापक माधवप्रसाद गौतमले कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाईरहेको बताए । एकजना एचआईभि एड्सबाट संक्रमित विद्यार्थीलाई कसैले पनि नपढाएपछि आफुले पढाएको र यसमा अँझ बढी पढाउने वातावरण र सहयोग पालिखे सरले गरेपछि अहिले विद्यालय संचालनमा सहजता आएको बताए ।

‘पालिखे सरबाट बिगत १० वर्षदेखि शैक्षिक सामाग्री, पोशाक, खाजाको व्यवस्था गरिदिनाले सन्चालनमा सजिलो भएको छ । सरले विद्यालय जानका लागि पुल पनि बनाईदिएपछि विद्यार्थी तथा अन्यको लागि वारपार गर्न सहज भएको छ । एउटा नेताले पुल हालेको भए कति भोटको राजनीति हुन्थ्यो होला तर पालिखे सरले बनाईदिनुभयो उहाँको यो सामाजिक सेवाको लागि हामी सधैं नतमस्तक छौं, ‘ गौतमले भने ।

विद्यालयले हिमालय आधारभूत विद्यालयका प्रधानअध्यापक माधवप्रसाद गौतम र वाराही आधारभूत विद्यालयका प्रधानअध्यापक रामप्रसाद आचार्यलाई नगद ३० हजार ५ सय बराबरको स्टेशनरी हस्तान्तरण गरेको छ ।

यस्तै दुबै विद्यालयका विद्यार्थीका लागि खाजा खर्च बापत् ६० हजारको दरले १ लाख २० हजारको चेक हस्तान्तरण गरिएको थियो । उक्त शैक्षिक सामग्री तथा चेक विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेसहित विद्यार्थीले हस्तान्तरण गरेका हुन् ।

पालिखेका अनुसार शिक्षण् सिकाई संगसंगै नयाँ नयाँ अभ्यासहरुलाई भित्र्याईरहेको कुमुदिनीले आफ्ना विद्यार्थीलाई सामाजिक सेवामा पनि उत्प्रेरित गरिरहेको बताए ।

सोहि क्रममा कक्षा ४ देखि १० कक्षा सम्मका प्रत्येक विद्यार्थीले कसैले पेन्सिल, कसैले इरेजर र कसैले नोटबुक संकलन गरेर विकटका विद्यालयका लागि योगदान गरेको बताए । उनले हिमालयका ३५ जना र वाराहीका ४४ विद्यार्थीलाई सो सामग्री उपलव्ध गराएको बताए ।

एक हप्ता अगाडी हिमालय र वाराही आधारभूत विद्यालयका विद्यार्थीका लागि प्रत्येकलाई दुई सेटको दरले ७९ जनालाई पोशाक हस्तान्तरण गरिएको विद्यालयका अध्यक्ष पालिखेले जानकारी दिए ।

‘शैक्षिक सामग्री तथा विद्यार्थीको खाजा खर्च रकम प्राप्त गरेपछि हिमालयन आधारभूत विद्यालयका प्रधानाध्यापक गौतम तथा वाराही आधारभूत विद्यालयका प्रधानाध्यापक आचार्यले भने, अशोक सरको सहयोगले दुवै विद्यालयको अस्तित्व जोगिएको छ । उहाँकै आर्थिक तथा शैक्षिक सामग्री र भौतिक निर्माणको सहयोगको कारण शहरदेखि टाढा रहेका विद्यालयमा शैक्षिक गतिविधि ताजा राख्न सकिएको छ,’ उनले भने ।

यसैबीच कुमुदिनी होम्सले आईतबार दुई विद्याथीलाई उनीहरुले प्राप्त गरेको सफलताको लागि वधाई दिदैं पुरस्कार प्रदान गरेको छ । शुक्रबार भएको आर्ट कम्पिटिसनमा दोश्रो भएकी कक्षा १० कि अविप्सा पालिखे र कक्षा ११ कि सदिक्षा राणालाई पुरस्कार प्रदान गरिएको थियो । अविप्साले भ्याकुम क्लीनर र प्रमाण पत्र तथा सदिक्षा राणाले मिक्स्चर ग्राण्डर र प्रमाण पत्र प्राप्त गरिन् ।

You might also like

Comments are closed.