पोखरा । कुमुदिनी होम्स माविका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत तथा सम्मानसहितको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले विभिन्न गीतमा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि पालिखेले विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई माथिल्लो तह कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा स्वागत, सम्मान र सांस्कृतिक कार्यक्रम गर्ने परिपाटीलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे । “विद्यालयले आफ्नो तर्फबाट पनि विभिन्न शैक्षिक सेमिनारहरु गर्दै आएको छ । यसप्रकारको स्वागत पनि भईसकेको छ । अँझ यसमा विद्यार्थीकै तर्फबाट हुनु गर्वको कुरा हो । हामीले शिक्षाका साथै व्यक्तित्व र नेतृत्व विकासका क्लासहरु संचालन गर्दै आएका छौं । उनले भने, हामीले लिएको “सधै उच्च लक्ष्य”लाई विद्यार्थीले आत्मसाथ गरेर अगाडी बढेका छन्, म सबैमा आभार व्यक्त गर्दछु ।” उनले भने ।
विद्यालयका सहप्राचार्य मन बहादुर भुजेलले कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत, सम्मान र सांस्कृतिक प्रस्तुततिहरु प्रस्तुत गर्ने संस्कारको रुपमा विकास भएको र यसलाई आउने पुस्ताले सिक्दै गएको बताए ।
“सहप्राचार्य भुजेलले विद्यार्थीको शैक्षिक सफलताका लागि माइण्डफूल अवारनेस र माइलस्टोन सक्सेसको आवश्यक्ता हुन्छ त्यो उनीहरुमा अन्र्तनिहित हुन्छ । उनले भने, विद्यार्थीले त्यो शक्ति र उर्जालाई सचेत भएर अगाडी बढ्नुपर्छ,” उनले भने ।
विद्यालयका विज्ञान संयोजक कृष्णप्रसाद अधिकारीले आफ्ना विद्यार्थीहरु अध्ययन वा अतिरिक्त क्रियाकलाप, संस्कार, संस्कृति र आतिथ्यतामा उत्कृष्ट रहेको बताए ।
सो अवससरमा उनले पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयहरुमा साउन २४ देखि २६ गतेसम्म बिदा गर्न सूचित गरेकोले यी दिनमा घरैमा अध्ययनलाई जोड्न आग्रह गरे । अहिले आँखा पाक्ने रोगको संक्रमण बढीरहेको छ । यसैलाई मध्येनजर गरेर ३ दिन बिदा हुने भएकोले यो समयलाई भरपूर रुपमा अध्यनमा नै बिताउन अनुरोध गरे ।
कार्यक्रममा कक्षा ११ की गरिमा ढुंगाना लगायतका विद्यार्थीले सुविधायुक्त र सम्पदायुक्त विद्यालयमा अध्ययन गर्न पाएकोमा गर्व लागेको बताए । उनीहरुले विद्यालयले लिएको “सधै उच्च लक्ष्य”लाई आत्म्साथ र आत्मवोध गरेर सफलता हाँसिल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Comments are closed.