नेपाल क्षयरोग निवारण संस्था काठमाडौंमा मल्ली

काठमाडौं । नेपाल क्षयरोग निवारण संस्था काठमाडौं शाखाको सभापतिमा कुशप्रसाद मल्ली निर्वाचित भएका छन् । शनिबार सम्पन्न १०औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष मल्ली रिलायन्स फाइनान्स लि.को अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको सचिव, नेपाल एल.पि. ग्यास उद्योग संघको वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न व्यावसायिक संघसंस्थामा आबद्ध छन् । लायन्स लगायतका विभिन्न सामाजिक संघसंस्थामा उनको सक्रियता छ ।

jutta mela

विधानको व्यवस्था अनुसार अध्यक्ष र १० जना सदस्य चयन गरी अधिवेशन पश्चात बसेको पहिलो बैठकले पदाधिकारीसमेत चयन गरेको छ । जस अनुसार संस्थाको उपसभापतिमा प्रकाशकुमार पिया, सचिवमा रामचन्द्र दाहाल, सहसचिवमा दिपिनकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नगेन्द्र भुजेल चयन भएका छन् ।

त्यसैगरी सदस्यमा शितलप्रकाश अधिकारी, बलराम श्रेष्ठ, शेरबहादुर बम, अनुप पहाडी, विपुला जोशी खनाल र अनुपमा रावल चयन भएका छन् ।

You might also like

Comments are closed.