नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाश, उपाध्यक्षमा निर्मल, मुकेश र सुर्यन्स

काठमाडौं । नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाश कुमार कुसारी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न तेस्रो साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्याक्षमा निर्मल सिग्देल निर्वाचित भएका छन् । त्यस्तै मुकेश शाह र सुर्यन्स कुमार चौधरी पनि उपाध्यक्ष निर्वाचित भएका छन् ।

महासचिवमा खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल र सूर्यनारायण शाह, कोषाध्यक्षमा बिपुल पौडेल निर्वाचित भएका छन् ।

jutta mela

कार्यसमिति सदस्यमा ऐटनकुमार मल्ल, सुदिप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, बिक्रम सागर पोखरेल र लक्ष्मी उराउ निर्वाचित भएका छन् ।

बाँकी सदस्यहरु पछि कार्यसमिति बैठकबाट मनोनीत हुने उपाध्यक्ष निर्मल सिग्देलले जानकारी दिए ।

You might also like

Comments are closed.