लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको पदस्थापन, सल्लाहकार मनोनित

बुटवल । लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (लान) को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत महिना भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन बुधबार गरिएको हो ।

अध्यक्ष गणेशप्रसाद भट्टराई लगायत सम्पूर्ण कार्यसमितिको पदस्थापन गरिएको छ । निर्वाचन समितिका संयोजक गोपाल प्रसाद पाण्डे र अधिवक्ता कृष्णप्रसाद पाण्डेले कार्यसमितिलाई पदस्थापन गराएका हुन् ।

नवनिर्वाचित कार्यसमितिले सल्लाहकारहरु मनोनित गरेको छ । कानुनी सल्लाहकारमा कृष्णप्रसाद पाण्डे, सल्लाहकारमा गोपालप्रसाद पाण्डे, नेत्रप्रसाद ज्ञवाली, ध्रुवराज श्रेष्ठ भारी र प्रेस संयोजकमा कपिल ज्ञवाली मनोनित भएका छन् ।

jutta mela

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएर प्रत्येक महिना बैठक बस्ने निर्णयसमेत गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । एसोसिएसनले विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

You might also like

Comments are closed.