लुम्बिनी नाडालाई राजश्व अनुसन्धान कार्यालयको सम्मान, समसायिक विषयमा छलफल

बुटवल । लुम्बिनी अटोमोबाइल्स डिलर्स एसोसिएसन (लुम्बिनी नाडा) लाई राजश्व अनुसन्धान कार्यालय बुटवलले सम्मान तथा बधाई ज्ञापन गरेको छ । लुम्बिनी नाडाको नवनिर्वाचित कार्यसमितिलाई राजश्व कार्यालयमा भेट गरी आइतबार सम्मान गरिएको हो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख राजन बिसीले नाडा लुम्बिनीका अध्यक्ष गणेशप्रसाद भट्टराई लगायत टोलीलाई सम्मान गरेका हुन् । सो अवसरमा कार्यालय प्रमुख बिसी र लुम्बिनी नाडाको टोलीबीच कर तथा समसामयिक विषयमा छलफलसमेत भएको छ ।

उक्त अवसरमा बोल्दै कार्यालय प्रमुख बिसीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे । ‘इमान्दार भएर कर तिरौं । नाफा लुकाउने काम नगरौं,’ उनले भने । व्यवसायीलाई आवश्यक परेमा भिसिटिएस, कर तथा भन्सारसँग सम्बन्धित तालिम कार्यालयले प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय कर चोरी तथा छलीमा धेरै कमी आएको र अझै न्युनीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

jutta mela

लुम्बिनी नाडाका अध्यक्ष भट्टराईले व्यवसायीले इमान्दार भएर कर तिरिरहेको बताए । नजानेर कतैबाट गल्ती भएको भए सच्याउन तयार रहेको उनको भनाइ छ । राजश्व कार्यालयसँग सहकार्य गरी आफूहरु अगाडि बढ्ने उनले बताए । कर प्रशासन व्यवसायीमैत्री हुनुपर्ने र इमान्दार उद्योगी व्यवसायीलाई दुःख दिन नहुने उनको भनाइ छ ।

You might also like

Comments are closed.