लेक हाउस पोखरामा ५० प्रतिशत छुटसहित ‘थ्री बि’ अफर

पोखरा । फेवाताल सँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको लेक हाउस पोखराले दोश्रो लकडाउन पछि पचास प्रतिशत छुट सहित ‘थ्री बि’ अफर घोषणा गरेको छ।

कपल अफर अन्तर्गत जोडिले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ३ हजारमा उपलब्ध भएको लेक हाउसका सन्चालक सुजन जोशी बताउँछन्।

थ्री बि अर्थात बोट, बेड र ब्रेकफास्ट रहेको उक्त प्याकेज अन्तर्गत लेकसाइड देखि लेक हाउस सम्मको दुइतर्फी डुङ्गाको यात्रा, कोठा र दुइजनाकोलागी ब्रेकफास्ट समेटीने जोशीको भनाइ छ।

लेकसाइडको पारीपट्टी अनदु गाउँमा रहेको लेक हाउसबाट फेवाताल सँगै पोखरा लेकसाइडको रमाइलो दृश्य, हिमाल, सुर्योदय लगायतको अद्भुत दृश्यपान गर्न पाइने जोशीले बताए। माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ।

द लेक हाउस पोखराले ६ बर्ष देखी होटल तथा रेस्टुरेन्टको सेवा सहित लेक हाउसको संचालन गर्दै आइरहेको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.