काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजत पत्र खारेज गरेको छ ।
महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाहरुको इजाजत पत्र खारेज गरेको महानगरले सूचनामा जनाएको छ ।
महानगरपालिकाले २०७९ असार १५ मा एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय भएको महानगरले सूचनामा जनाएको छ । ।
महानगरको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ ।खारेज भएका १० वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले भनेको छ । ’
हेर्नुहोस् खारेजीको सूची :
Comments are closed.