लम्जुङमा स्वास्थ्य जीवनअभियान अन्तर्गत बृहत योग साथै बिशेषज्ञ आयुर्वेद शिविर

लमजुङ, ८ जेठ

सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका कृषि क्याम्पस प्रांगणमा संचालन गरिएको शिविर सम्पन्न भएको छ । जेठ ४ गते सुरु भएको स्वास्थ्य जिवन अभियान बृहत निःशुल्क योग शिविर कार्यक्रम ३ दिन सम्म चलेको थियो ।

जिवनशैली व्यबस्थापनको माध्यम बाट नसर्ने रोगहरुको दिर्घकालिन न्युनिकरणका लागी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक नविन किरण भुसालले जानकारी दिए । बर्सेनी ३ करोड ६० लाख मानिसहरुको मृत्यु नसर्ने रोगहरुले गर्दा भएको तथ्याङ्क छ । नेपालमा सन २०१४ मा भएका मृत्युमध्ये ६० प्रतिशत नसर्ने रोगहरुको कारणले भएको थियो । जस मध्ये २२ प्रतिशत मृत्यु अल्पायुमा भएको थियो । यि सबै समस्याको प्रमुख कारण जिवन शैलि देखिएको छ ।

jutta mela


अभियानमा सम्पन्न कार्यक्रमहरुमा निःशुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर, निःशुल्क रक्त परिक्षण, भक्ती नमुना मा. वि. मा बिद्यालय व्यवस्थापन समिति, शिक्षक र बिद्यार्थीका लागी अभिमुखिकरण, साथै बिहान ६ः०० बजे देखी ८ः०० बजे सम्म प्रत्येक दिन डा.योगी बिकाशानन्दको प्रमुख प्रशिक्षणमा बृहत निःशुल्क योग शिविर सन्चालन गरीएको थियो । योग प्रशिक्षणका साथै सकारात्मक जिवनशैलि परिर्वतन, स्वास्थ्य रहनकालागी खानपान, र दैनिक योगका फाइदा का बारेमा प्रशिक्षण दिएका थिए । योग शिविरबाट दैनिक ३०० जनाले नियमित योग अभ्यास, २३८ जानाको निःशुल्क रक्त परिक्षण साथै ३७८ जानाले बिशेषज्ञ आयुर्वेद बाट लाभ लिएका थिए । कार्यक्रमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरवासी, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, पत्रकार बिद्यार्थी, शिक्षक लगायतको सहभागीता थियो ।

स्वास्थ्य जिवन अन्र्तगत सन्चालित कार्यक्रमहरुको शुभारम्भ गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबि पुनले चैत्र १३ गते म्याग्दी बाट गरेकी थिईन् । म्याग्दी बाट सुरु भएको अभियानलाई गण्डकी प्रदेश भित्रका बिभिन्न जिल्लाहरुमा सन्चालन उनले बताईन् । लम्जुङ जिल्लाको सुन्दरबजारमा सम्पन्न भएको कार्यक्रम लम्जुङ जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेले को प्रमुख आतिथ्यता, सुन्दर बजार नगरपालिका प्रमुख जनक राज मिश्रको विशेष आतिथ्यता र मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेश प्रसाद अधिकारी को अध्यक्ष्तामा भएको थियो । अभियान प्रभावकारी रहेको र आगामि दिनमा नगरपालिका आफैले पनि यस्ता खालका कार्यक्रम सन्चाल गर्ने सुन्दरबजार नगर प्रमुख मिश्रले बताए । त्यसै गरी प्रमुख अतिथि जि. स. स. लोकराज पाण्डेले कार्यक्रम आयोजना गरी लम्जुङ जिल्लाको सुन्दर बजार छनौट भएकोमा सामाजिक विकास मन्त्रि नरदेवि पुन प्रति हार्दिक कृतज्ञता प्रकट गरेकी थिईन् ।

You might also like

Comments are closed.