काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुल्यो

काठमाडौं ।  अब काठमाडौं उपत्यकामा जग्गाको कित्ताकाट हुने भएको छ । काठमाडौं उपत्यकाका ३ वटा जिल्ला भक्तपुर, काठमाडौं र ललितपुरमा जग्गाको बर्गीकरण सकिएकाले कित्ताबाट खुला भएको हो ।

उपत्यकामा कृषि र गैर कृषि गरी छुट्याइ जग्गा वर्गीकरण सकिएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। यद्पी अरु वर्गीकरण गर्न भने बाँकी नै रहेको छ ।

विभागको तथ्यांकअनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्।

भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्।

त्यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्।

अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन्।सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो। २०७९ जेठ २३ गतेदेखि भू-उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ।

You might also like

Comments are closed.