गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको अधिवेशन शनिबार

पोखरा । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको पाँचौं अधिवेशन एवं साधारणसभा वैशाख २९ गते शनिबार हुने भएको छ । पोखरामा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अरुण स्तोम त्रिपाठीले जानकारी दिए ।

जग्गा तथा आवास विकास महासंघका अध्यष भेषराज लोहनीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न हुनेछ ।

jutta mela

जग्गा तथा आवास व्यवसायीहरुको समिक्षासहित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने त्रिपाठीले जानकारी दिए । सर्वसम्मत नयाँ नेतृत्व घोषणाको तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच कोरोना महामारी लगायत आर्थिक मन्दीको समयमा संघको नेतृत्व गरिरहँदा कार्यकाल सफल बनाउन योगदान गर्ने सम्पूर्णप्रति अध्यक्ष त्रिपाठीले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.