इमान्दारिताका उदाहरण लक्ष्मण दुलाल, जसले फिर्ता गरे भेटाएको रकम

सिन्धुपाल्चोक । काठमाडौँबाट मेलम्ची आउने क्रममा भेटिएको १५ हजार ४ सय ५० रुपैयाँ नगद सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको छ ।

मेलम्ची ११ का लक्ष्मण दुलालले शुक्रबार सिन्धुपाल्चोक र काठमाडौँको सिमानामा पर्ने कुण्डेश्वर महादेव मन्दिर नजिकै रकम भेटिएको र सामाजिक सञ्जालसहित विभिन्न सञ्चार माध्यमबाट सम्बन्धित व्यक्तिलाई रकमका लागि सम्पर्क गर्न अनुरोध गरेका थिए ।

सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि शनिबार उक्त रकम हस्तान्तरण गरिएको हो । रकम मेलम्ची १२ का अर्थमान तामाङको रहेको छ । प्रहरी, पत्रकार र समाजसेवीको उपस्थितिमा रकम प्रदान गरिएको हो ।

हराएको रकम पाएपछि तामाङले अहिले पनि इमान्दार व्यक्ति भेटिएको भन्दै खुशी व्यक्त गरे ।

तस्वीर : देवराज सुवेदी÷रासस

You might also like

Comments are closed.