शैक्षिक मेलामा विद्यार्थीसँगै अभिभावक पनि उपस्थित हुनु राम्रो

लक्ष्मण पौडेल एन्ड्रयु, उपाध्यक्ष, इक्यान केन्द्रीय समिति

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेका कन्सल्टेन्सीहरुको छाता संस्था इक्यानले विद्यार्थी लक्षित विविध कार्यक्रम गर्दै आइरहेको छ । इक्यानले आयोजना गर्ने विविध कार्यक्रममध्ये शैक्षिक मेला महत्वपूर्ण कार्यक्रम हो । इक्यानले केन्द्रसँगै शाखाहरुले पनि मेलाहरु आयोजना गर्दै आइरहेका छन् ।

यसैक्रममा इक्यानको सक्रिय शाखा इक्यान कास्कीले यही भदौ २० र २१ गते पोखरामा आठौं संस्करणको शैक्षिक मेला गर्दैछ । पोखरा तथा आसपासका जिल्लाका विद्यार्थी जो उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन् उनीहरुका लागि यो मेला महत्वपूर्ण अवसर हो । एउटै छानामनी धेरै देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसहित विभिन्न कन्सल्टेन्सीले परामर्श प्रदान गर्नेछन् । जहाँ आएर विद्यार्थीले आफूले जान चाहेको देश, त्यहाँको कलेज तथा विश्वविद्यालय एवं त्यहाँको शैक्षिक अवस्था र सम्भावनाहरुको बारेमा विस्तृत बुझ्न सकिनेछ । विद्यार्थीको करियर बनाउनका लागि यस्ता मेलाले अवसर सिर्जना गर्नेछन् । यस्ता प्रकारका मेलामा विद्यार्थी मात्रै नभइ अभिभावक पनि सँगै आउने र परामर्श लिने र बुझ्न काम गर्नु राम्रो हुन्छ ।

पोखरामा आयोजित शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको राम्रो उपस्थिति रहने मैले विश्वास लिएको छु । इक्यान कास्कीले बृहत स्तरमा आयोजना गर्न लागेको शैक्षिक मेलाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

You might also like

Comments are closed.